कोभिड-१९ विरुद्ध लड्न ह्वावेको एआई प्रविधिहरू एसिया प्यासिफिकमा उपलब्ध ।

चिनियाँ टेलिकम जायन्ट ह्वावेले कोभिड-१९ को महामारी विरुद्ध लड्नका लागि आफ्नो आर्टिफिसियल इन्टिलिजेन्स(एआई), भिडियो कन्फ्रेन्सिङ, वायरलेस नेटवर्क कभरेज र स्मार्टफोनहरू एशिया प्यासिफिक क्षेत्रका देशहरूलाई उपलब्ध गराउने भएको छ ।

एआई प्रविधि

कम्पनीका अनुसार ह्वावे टेलिमेडिसिन प्राक्टिस कोरोना भाइरसको विरुद्ध लड्नका लागि चार महत्वपूर्ण विषयहरूमा आधारित रहेको प्रयोग गर्न सकिने छ। जसमा लाइभ भिडियो स्ट्रिमिङ्ग, रिमोट कोल्याबरेसन, रिमोट डाइग्नोसिस र रिमोट प्रोटेक्सन छन् । यी सबै एसिया प्यासिफिक देशहरूमा प्रत्यक्ष परिदृश्य हुन् ।

ह्वावेको टेलिमेडिसिन भिडियो कन्फ्रेन्स सोलुसन थाइल्याण्डको अस्पतालहरूमा जडान गरिएको कम्पनीले जानकारी दिएको छ।

फिलिपिन्सको बागुईओ जनरल हस्पिटल एण्ड मेडिकल सेन्टरमा ह्वावेको एआईमा आधारित सिटी स्क्रिनिङ्ग जडान गरिएको छ ।

ह्वावेका अनुसार बंगलादेशको मिनिस्ट्री अफ हेल्थ एण्ड फ्यामिली वेलफेयर र डाइरेक्टोरेट जनरल अफ हेल्थ एन्ड सर्भिसेजले ह्वावेको भिडियो कन्फ्रेन्स सिस्टमहरू प्रयोग गरिरहेको छ । सिंगापुरमा भने ह्वावेको क्लाउड सलुसन प्रयोग गरिएको कम्पनीले उल्लेख गरेको छ ।

ह्वावे क्लाउडको एन्टिकोभिड-१९ पार्टनर प्रोग्राम अन्तर्गत सहभागी हुनेहरूले ३० हजार अमेरिकी डलर बराबरको नि:शुल्क क्लाउड स्रोतहरूको प्रयोग गर्न पाउने कम्पनीले जानकारी दियो । ह्वावे क्लाउडअन्तर्गत नै इ-हेल्थ समेत उपलब्ध गराएको छ भने इन्टरप्राइज सलुसनमा भने कम्पनीले महामारीको प्रकोपमा रहेका देशहरूका व्यवसायहरूलाई सहयोग गर्ने बताएको छ ।

यसका अतिरिक्त ह्वावेले युनेस्को आईआईटिई र युनेस्को आईसीएचईआईसँग सहकार्य गरेको जनाएको छ ।

ह्वावेले यसको लागि इन्डोनेसिया, मलेसिया, थाइल्याण्ड र बंगलादेश तथा अन्य देशहरूसँग सहकार्य गरेको छ । सहकार्य अन्तर्गत ह्वावेले सञ्चार चुनौतीहरू, कनेक्टिभिटीको सुनिश्चितता र आविष्कार गरिएका प्रविधिहरूको साथमा अत्यावश्यक सेवाहरूको लागि कोभिड-१९ महामारीको अवधिमा सम्बोधन गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *